• २०८३ जेष्ठ ९ गते शनिवार

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : सोमबार बिहान ११ बजेदेखि मनोनयन दर्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । सङ्घीय संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ। राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मङ्गलवार चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस