• २०८३ जेष्ठ १७ गते आइतवार

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो 

खबर24 नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।

केही दिन यता मुलुकभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

Sharing

प्रतिक्रिया दिनुहोस