• २०८३ बैशाख २४ गते बिहिवार

सुनसरीबाट सशस्त्रले बरामद गर्‍यो एक क्विन्टल गाँजा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, सुनसरी । मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राती सुनसरी जिल्लाको बर्जु गाउंपालिका–४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पातले छोपी लुकाई छिपाई बेवारिसे अबस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो ।

सो ठाउँमा गाँजा लुकाई छिपाई तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र स–साना प्याकेट बनाई राखिएको गाँजा फेला परेको थियो । बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस