• २०८२ साउन ३ गते शुक्रवार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, झापा । झापाको बुद्धशान्ति गाउँपालिबाट श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २६ वर्षीया सपना गोरडको हत्या गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारबाट ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार पक्राउ गरेको हो ।

बुधबारे बजारमा सुन पसल संचालन गरेर बस्ने रघुनाथ भारतीय नागरिक हुन् । सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस