• २०८३ बैशाख ८ गते मङ्गलवार

वेस्ट इन्डिज एसँग नेपालले टी–२० शृंखला खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँच टी–२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई टोलीबीच शृंखला आयोजना गर्न लागिएको जानकारी दिएको हो।

शृंखला अप्रिल २५ देखि शुरू हुने छ। आईसीसी टी–२० विश्वकप र एसीसी प्रिमियर कपको तयारीका लागि हाल नेपाली क्रिकेट टोली भारतमा रहेको छ। भारतमा नेपालले गुजरात र बरोडासँग फ्रेन्डसिप कप खेलेको थियो। नेपाल उतैबाट ओमान प्रस्थान गर्ने छ। ओमानमा नेपालले प्रिमियर कप खेल्ने छ।

लगत्तै नेपालले वेस्ट इन्डिजसँग टी–२० शृंखला खेल्ने छ। उक्त शृंखलापश्चात नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

Sharing

प्रतिक्रिया दिनुहोस