• २०८३ बैशाख ८ गते मङ्गलवार

पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिले गरे पूजा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् ।

शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस