• २०८३ बैशाख ४ गते शुक्रवार

नेता बादलले सम्हाले एमालेको औपचारिक जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २९, काठमाडौँ । नेता रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा नेकपा एमालेको जिम्मेवारी सम्हालेका छन् । वागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका बादलले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।

शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित एमालेको विशेष केन्द्रीय कमिटी बैठकले उनलाई वागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस