• २०८३ जेष्ठ २८ गते बिहिवार

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, मोरङ । मोरङ प्रहरीका अनुसार मोरङमा नेत्रविक्रम चन्द विप्लव समूहले शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका(१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

प्रहरी उपरीक्षक खड्का अनुसार उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेका हुन । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको र प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको खड्काले बताए ।

‘बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या ग्गरेको प्रहरीले जनाएको छ । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ र प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस