पौष २३, चितवन। चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकहरुको ४६ दिनपछि पहिचान खुलेको छ।

भारत विहारका मृतकहरुबीच विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गरेर हातखुट्टा डोरीले बाँधेरर शव बोराभित्र हाली कल्भर्टमुनि फ्याँकेका थिए। हत्यामा संलग्न व्यक्ति भारतमै प्रहरी नियन्त्रणमा रहेका छन्।