• २०८३ असोज ६ गते मङ्गलवार

आईसीसी टी–२० विश्वकप : नामिबियालाई ५ विकेटले हराउँदै स्कटल्यान्ड विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २५, काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हाे ।

ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान जेरार्ड एरास्मसले अर्धशतकीय पारि खेले । उनले ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे । स्कटल्यान्डका ब्राड ह्विलले ३, ब्रेड करीले २ तथा क्रिस सोल, क्रिस ग्रिभ्स र माइकल लिस्कले एक एक विकेट लिए ।

जवाफमा स्कटल्याण्डका जर्ज मुन्से ७ रन बनाएर आउट भएका थिए । उनले १५ बल फेस गेका थिए । मिचेल जोन्सले २० बलमा २६ रन बनाएर पभेलियन दोस्रो विकेटको रुपमा फर्किए । ब्रेन्डन म्याकुलम १७ बलमा १९ रन जोडेर आउट हुँदा स्कटल्यान्डले ६७ रनमा तेस्रो विकेट गुमाएको थियो । कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन र माइकल लिस्कले १७ बलमा ४ चौकाको मद्दतले ३५ रन बनाएपछि खेल स्कटल्याण्डको पक्षमा गएको थियो । अन्त्यमा क्रिस ग्रेभ्सले ४ रनको नटआउट पारि खेले ।

Sharing

प्रतिक्रिया दिनुहोस