• २०८३ मङ्सिर ७ गते आइतवार

आईसीसी टी–२० विश्वकप : पाकिस्तानले दियो अमेरिकालाई १६० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, अमेरिका । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० रन बनाए । एक समय ४.४ ओभरमा २६–३ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र सादबले ७२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । पाकिस्तानको शीर्षक्रमका तीन ब्याटर मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भएका थिए । तल्लोक्रममा शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८ र हरिस रौफले ३ रन बनाए ।

अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १-१ विकेट रह्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस