• २०८३ मङ्सिर ७ गते आइतवार

आईपीएल : राजस्थान रोयल्स ६ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २५, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ । १८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले ४ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरो ।

१८४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले सुरुआत भने खराब रह्यो । खाता नै नखोल्दै यशश्वी जयसवाल पभेलियन फर्किए । त्यसपछि जोस बटलर र कप्तान सन्जुसामसन मिलेर टिमलाई अघि बढाए । यी दुई खेलाडीले १४८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । कप्तान सामसन ४२ बलमा ६९ रनको अधर्शतकीय पारि खेल्दै आउट भए । उनले २ छक्का र ८ चौका प्रहार गरे ।

रियान पराग ८ तथा ध्रुव जुरेल २ रनमा आउट भए पनि जोस बटलरले नटआउट १०० रनको शतकीय पारि खेल्दै जित दिलाए । उनले ५८ बलमा चार छक्का र नौं चौका प्रहार गरे । उनलाई अन्त्यमा सिमरन हटमायरले साथ दिए । हटमायरले ६ बलमा २ चौका प्रहार गर्दै ११ रनको नटआउट पारि खेले ।

आरसीबीका रिसे टोप्लेले २ विकेट लिए । लगातार चार खेलमा जित निकालेको राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा कोलकाता नाइट राइडर्स ६ अंकसहित रहँदा पराजित भएको आरसीबी २ अंकका साथ आठौं स्थानमा छ । आरसीबीको यो लगातार तेस्रो हार हो ।

Sharing

प्रतिक्रिया दिनुहोस