• २०८३ बैशाख ३१ गते बिहिवार

प्रभु इन्स्याेरेन्सको सीईओमा सन्चित बज्राचार्यको पुनः नियुक्त

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सन्चित बज्राचार्य पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ४३० औं बैठकले आगामी माघ १ गतेदेखी लागू हुने गरी उनलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो ।

बज्राचार्य यसअघि पनि सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । उनीसँग बीमा क्षेत्रको करिव दुई दशकको कार्यअनुभवका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्यअनुभव छ ।

Sharing

प्रतिक्रिया दिनुहोस