• २०८३ जेष्ठ १८ गते सोमवार

काभा यू–२० पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै नेपालकाे विजयी शुरुआत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाण्डाै । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो ।

नेपालले पहिलाे सेट २५–१४, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २८–२६ ले जित्याे ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा नेपालले भोलि उज्वेकिस्तानसँग, तेस्रो खेलमा पर्सि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस