• २०८३ असार १६ गते मङ्गलवार

दक्षिणकालीमा महिला र पुरुषको शव फेला

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा पल्सर मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस