• २०८३ भाद्र १ गते सोमवार

आजको मौसम : थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भु-भागमा न्यून चापिय रेखाको प्रभाव रहेको छ । जसका कारण प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना छ । यस्तै राती देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्दि भइरहेकोले गर्मी बढ्ने र सो वाट सृजना हुन सक्ने संभावित असरहरु वाट बच्नका लागि साथै पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस