• २०८३ जेष्ठ १८ गते सोमवार

सुनको मुल्य अहिलेसम्मकै उच्च

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ । यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस