• २०८३ बैशाख ११ गते शुक्रवार

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।

इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैँछ ।

Sharing

प्रतिक्रिया दिनुहोस