चैत २४, न्युयोर्क । अमेरिकी सहर न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार यसको तीव्रता ४.८ म्याग्निच्युड रहेको थियो ।

अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडानहरू रोकिएका थिए।
यस भूकम्पबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।