• २०८३ जेष्ठ ७ गते बिहिवार

रास्ट्रीय युवा संघ नेपाल स्थापना दिवसकाे शुभकामना, सामािजक दुरी कायम गरि मनाऔं

अजय जङ्ग शाही पढ्न लाग्ने समय : ४ मिनेट
बि.स २०४७ साल जेष्ठ १ गते तद् अनुसार १५ मे १९९० मा प्रजातान्त्रिक रास्ट्रीय युवा संघ नेपालको नामबाट युवा संघकाे स्थापन भएको हो । अहिले नेपालको सम्मानिय प्रधानमन्त्री नेकपाका श्रद्धय अध्यक्ष क. के पि शर्मा ओलिको अध्यक्षतामा स्थापना भएको यो गौरबशाली संगठन युवा संघ नेपाल मुलत प्रगतिशील, जनबादी, लोकतान्त्रिक र रास्ट्रबादी युवाहरूको नेपालमा वा बिदेशमा बसोबास गर्ने १६ बर्ष देखि ४० बर्ष भित्रका नेपालको ७७ जिल्ला, ७ प्रदेशमा बसोबास गर्नुहुने युवाहरुको सामुदायिक संगठन हो ।
यसको प्रमुख उदेश्य (काम) भनेको युवाहरूका समस्याहरुलाई पहिचान गर्ने, स्थपित गर्ने समाधानका लागि पहल गर्न लागी पर्ने नै हो। युवा संघमा लागेका सम्पुर्ण युवाहरूले यो रास्ट्रलाई महत्त्वपूर्ण योगदान दिनुभएको छ। यसैको उदाहरण हो,संस्थापन अध्यक्ष के.पि. शर्मा ओलि अहिले देशको सम्मानिय प्रधानमन्त्री हुनुहुन्छ । उहाँ मात्र होइन उहाँ पहिला अध्यक्ष जस्तै केशव स्थापित, पशुपती चाैलागाई, गोकर्ण बिस्ट, अजम्बर राई काङमाङ, महेश बस्नेत, झपट रावल, निरुदेबी पाल, राजिब पहारी आदि यसका उदाहरणहरु हुन । उहाँहरु अहिले नेकपामा सांसद, पुर्ब मन्त्रीहरु हुनुहुन्छ।
नेपाली ईतिहासका प्रत्येक पाईलाहरुमा युवाहरुको महत्त्वपूर्ण भुमिका रहेको छ।युवाहरुमा पुर्ण रुपमा २००७ साल देखि २०६२/६३को नेपालमा जनआन्दोलनका प्रमुख हुन ।रास्ट्र्मा परिवर्तन ल्याउनको लागी धेरै युवाहरू सहिद भएका छन। सहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज पनि युवाहरु नै हुन। २०४७ सालको आन्दोलनको अग्रपंक्तिमा आफ्नो ज्यान छाती थाप्ने अधिकांस युवा नै थिए। २०६२/६३ को जनआन्दोलन आफ्नो ज्यान गुमाउने सहिद हुने १७जना सबै युवा नै हुन।युवाहरूले रास्ट्र्को लागि के कति गरे ईतिहास साक्षी छ। युवा आन्दोलनका केही उपलब्धि हरु –
१.पन्चायत शासन को अन्त्य ।
२.राणाकालीन शासनको अन्त्य ।
३.निरंकुश शाही राजतन्त्रको अन्त्य।
४.मुलुकमा जनताको संविधान २०७२,असोज ३मा घोषणा ।
५.रास्ट्रमा पुर्ण रुपमा प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्रको स्थापना
६.युवा मन्त्रालय
७.रास्ट्रीय युवा परिषदको स्थापना।
८.लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्यको स्थापना।
९.उग्रवामपन्थी अराजकताको अन्त्य आदि ।
मुलुकमा धेरै परिबर्तन भएसक्दो हाम्रो गौरवशाली पाटी नेकपा एमाले र माओवादी पाटी बिच एकता भएर आज बिश्वमा ठुलो कम्न्युस्ट पाटी (नेकपा)हुन पुगेको छ ।
यसरी पाटी एकता भएपछी दुई पाटीका भातृसंगठन पुर्ब एमालेको युवा संघ नेपाल र माओबादी केन्द्रको योङ्ग कम्न्युस्ट लिग (YCL)बिच एकता भएर हाम्रो गौरवशाली संगठन रास्ट्रीय युवा संघ नेपाल भएको छ । पाटी एकता पछि जनबर्गिय संगठनहरुको एकता पछि यदि आउदै गरेको जेष्ठ १ गतेका दिन रास्ट्रीय युवा संघ नेपालको (जन्मदिन )स्थापना रहेको छ । पाटी,संगठन एकता भएपछि साबिक युवा संघ नेपालको अध्यक्ष क•रमेश पौडेल साविक योङ्ग कम्न्युस्ट लिग (YCL)का अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)संगठन एकता भएपछी रास्ट्रीय युवा संघ नेपालका संयोजक क• रामप्रसाद सापकोटा र स-संयोजक क•रमेश पौडेल रहनुभएको उहाँहरुलाई सम्पुर्ण संगठनका कार्यकर्ताहरुले बिश्वासका युवाहरुको राजनीतिक,सामाजिक,आर्थिक,सांस्कृतिक रुपमा सबल,सक्क्षम,हक अधिकार सुरक्षित गर्नको लागि लाग्न हुनको लागि अनुरोध गर्दछु। युवाहरुलाई अवको दिनमा आन्दोलन मात्र हैन,देश बिकाश निम्ति सामाजिक कार्यका निम्ति आफ्नो भविस्य सफल गर्नको निम्ति ,उच्च शिक्षा हासिल गर्नको निम्ति,युवाहरुलाई बिदेश बाट रोक्न,स्वादेशमा हाम्रो रोजगारी,व्यवसाय,लाग्न रास्ट्रलाई सेवा गर्ने संगठनबाट महत्त्वपूर्ण भुमिका रहनु पर्छ । रास्ट्रलाई युवाहरुको भबिस्यसंग जोडिएको,सामाजिक,आर्थिक , साँस्कृतिक, राजनीतिक, गाँस, बास, कपास, स्वास्थ, शिक्षा, यातायात, खेलकुद आदि कुराहरुमा संगठनको तर्फबाट राज्यबाट ग्यारेन्टी गर्नको लागि पहल गर्नुपर्दछ।
आजको दिनमा बिश्वमा माहामारीको रूपमा फैलिएको कोरोना (Covit-19)भाईरस को रोकथाममा नेपाली जनतालाई सुरक्षित राख्न छिमेकी शक्तिशाली रास्ट्रहरु चीन र भारत बाट भैइरहेको सिमा, भुमी अतिक्रमण रोक्न र यस विवादलाई समाधान गर्ने आफ्नै पाटिको सरकार भएको बेला संगठनबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र यस्ता छिमेकी रास्ट्रहरुको हेपाहा प्रवितिलाई अन्त्य गर्नको लागि संगठनलाई आव्हान गर्दछु ।संगठनका लाखौं लाख युवाहरुको भबिस्य, तन, मन गासिएको हुँदा संगठनलाई कार्यकर्ताहरुले भावाना, ईच्छा, बिचारको सहकार्यसंगै गुटबन्दीको राजनीति अन्त्य गरि संगठनलाई अघि बढाउन देश तथा बिदेशमा रहेका सम्पुर्ण लाखौं लाख युवाहरूलाई रास्ट्रीय युवा संघ नेपालको स्थापना दिवस सामाजिक दुरि कायम गरि सामाजिक संजालहरुबाट शुभकामना सहित भब्य र सब्य रुपमा सफल पार्न हुन शुभकामना व्यक्त गर्दछु ।
लेखक रास्ट्रीय युवा संघ नेपालका नेता हुन । 

Sharing

प्रतिक्रिया दिनुहोस