कात्तिक २०, काठमाडौँ । तिहार बिदा सकिएर कारोबार भएको पहिलो दिन आज सुनको भाउ एकैदिन दुई हजार आठ सय रुपैयाँले घटेको छ । आज सुन दुई हजार आठ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तिहारअघि यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीमा ६० रुपैयाँले घटेर ताेलाकाे दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।