• २०८३ बैशाख १७ गते बिहिवार

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि आज कर्णाली र ललितपुरले खेल्ने भएका छन् । लिगमा कर्णाली यश्विज अपराजित रहँदा ललितपुर क्विन्स पनि फाइनलमा पुग्यो ।

गएराति भएको लिगको अन्तिम खेलमा कर्णालीले काठमाण्डौ स्पाइकर्सलाई ३–१ ले पराजित गरेपछि फाइनल समिकरण बनेको हो । कर्णाली यसअघि नै फाइनलमा पुगिसकेको थियो । ललितपुरले हिजो भएको खेलमा चितवन शक्तिलाई हराउँदै दोस्रो स्थानमा पुगेको थियो ।

कर्णालीको ५ खेलमा १३ अङ्क तथा दोस्रो स्थानमा रहेको ललितपुरको समान ५ खेलमा १० अङ्क रह्यो । काठमाण्डौ भने ९अङ्कसहित तेस्रो स्थानमा रहँदा फाइनल खेल्न पाएन ।

कर्णाली र ललितपुरबीचको फाइनल खेल आज बेलुका साढे ५ बजे दशरथ रङ्गशालाको कभर्ड हलमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस