• २०८३ जेष्ठ १ गते शुक्रवार

आइसिसी ट्वान्टी-२० विश्वकप : नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं। नेपाल आइसिसी ट्वान्टी-२० विश्वकपको समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो।

नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए। अविजित रहेका उनले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११ रनमा अविजित रहे। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन। नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले १/१ विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस