• २०८३ बैशाख २६ गते शनिवार

आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यसै वर्ष बंगलादेशमा हुने महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ। अक्टोबर ३ बाट शुरू हुने प्रतियोगिताको फाइनल खेल अक्टोबर २० मा ढाकामा हुनेछ।

यस विश्वकपको समूह चरणमा भारत र पाकिस्तानका टोली एउटै समूहमा छन्। भारतले अक्टोबर ४ मा न्यूजिल्यान्डविरुद्ध सिलेटमा खेल्दै विश्वकप शुरू गर्ने छ। विश्वकपमा सहभागी हुने १० टोलीलाई ५/५ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा अस्ट्रेलिया, न्यूजिल्यान्ड, पाकिस्तान, भारत र क्वालिफायर–१ छन्।

समूह ‘बी’ मा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर–२ टोली छन्। भारत र पाकिस्तानबीचको समूह चरणको खेल अक्टोबर ६ मा सिलेटमा हुनेछ।

विश्वकपमा बाँकी दुई टोली छनोट हुन बाँकी छ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल १७ र १८ अक्टोबरमा हुनेछ।

प्रतियोगितामा १९ दिनमा जम्मा २३ खेल हुनेछन्। विश्वकपका सबै खेल ढाका र सिलेटमा हुनेछन्। सेमिफाइनल र फाइनल खेलका लागि रिजर्भ डे पनि राखिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस