• २०८३ बैशाख ४ गते शुक्रवार

टी–२० विश्वकप : नेपालद्वारा नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य प्रस्तुत

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौँ । टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १९.२ ओभर मा १०६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।

करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस