• २०८३ जेष्ठ ४ गते सोमवार

बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा योगेश राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

रोहित श्रेष्ठ र जीवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले ३४ लाख २३ हजार ३०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस