• २०८३ जेष्ठ २७ गते बुधवार

आईपीएल : कलकत्ता १०६ रनले विजयी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजित भएको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्ससँग दिल्ली १०६ रनले पराजित गरेको हो।

कोलकाताले दिएको २६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन मात्रै बनाउन सक्यो। दिल्लीका ऋषभले सर्वाधिक ५५ रन बनाए। २५ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्स ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनमा आउट भए। डेविड वार्नर १८ र पृथ्वी शा १० रनमा आएट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कोलकाताका वरुण चक्रवर्ती र वैभव अरोडाले ३/३ विकर्ट लिए। मिचेल स्टार्क, आन्द्रे रसेल र सुनील नारायणको नाममा १/१ विकेट रह्यो।

त्यसअघि डा.वाई एस राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट २७२ गुमाउँदै रन बनाएको हो।

जितसँगै शीर्ष स्थानमा रहेको कोलकाताले ३ खेलबाट ६ अंक जोडेको छ। पराजित दिल्लीको ४ खेलबाट २ अंक रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस