• २०८३ जेष्ठ २७ गते बुधवार

विश्वकप टी २०: वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २१, काठमाडौं । आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता सहआयोजक वेस्ट इन्डिजले विरुद्ध पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै सुखद शुरुवात गरेको छ। आइतबार राति वेस्ट इन्डिजको गुयनामा सम्पन्न खेलमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको १३७ रनको विजयी लक्ष्य वेस्ट इन्डिजले १९ औ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो।

यस अघि टस हारेर पहिला व्याटीङको निम्तो पाएको विरुद्ध पपुवा न्युगिनी (पीएनजी)ले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो।

पपुवा न्युगिनी (पीएनजी)का लागि सेसे बाऊले सबैभन्दा वढि ५० रन बनाए। त्यसैगरी किप्लिन डोरिगाले २७ तथा कप्तान असद वालाले २१ रन बनाए। वेस्ट इन्डिजका लागि अल्ज़ारी जोसेफ़ र आंद्रे रसल दुई दुई विकेट लिए त्यसैगरी अकील हुसैन,रोमारियो शेफ़र्ड र गुडाकेश मोतीले एक एक विकेट लिए ।

जवाफमा वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै १३७ को विजयी लक्ष्य पुरा गयो। उवेस्ट इन्डिजका लागि सबै भन्दा वढि रॉस्टन चेज़ले आउट नभई ४२ रन बनाए । त्यसैगरी ब्रैंडन किंगले ३४, निकोलस पूरनले २७ तथा कप्तान रोवमन पॉवेल र आंद्रे रसलले १५ /१५ रन बनाए ।

विरुद्ध पपुवा न्युगिनी (पीएनजी)का लागि असद वालाले दुई तथा आलेई नाओ,चैड सोपर र जॉन करिकोले एक एक विकेट लिए।

आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र पीएनजी २०औँ स्थानमा छ । यस अघि आईतबार विहान सम्पन्न खेलमा सह आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस