• २०८३ बैशाख २९ गते मङ्गलवार

चन्द्रनिाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कोरपियो गाडी माथी शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद गरिएको साढे २३ क्युफिट सालको काठ सहित गाडीको कुल १५ लाख, ५१हजार,७०० रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहिको लागि शुक्रवार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस