• २०८२ असार २४ गते मङ्गलवार

पोखरीमा डुबेर बालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो ।

बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस