• २०८३ मङ्सिर ७ गते आइतवार

आइसिसी ट्वान्टी-२० विश्वकप : वेस्ट इन्डिजलाई १३७ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । पपुवा न्यूगिनीले आइसिसी ट्वान्टी-२० विश्वकपमा वेस्ट इन्डिजलाई १३७ रनको लक्ष्य दिएको छ। गुयानाको प्रोभिडेन्समा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको हो।

पपुवा न्यूगिनीका बाउले सर्वाधिक ५० रन बनाए। ४३ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे। कप्तान असद भाला २१, चार्ल्स अमिनी १२ र चार्ड सोपरले १० रन बनाउँदा काबुआ वागी मोरेया दुई रनमा अविजित रहे। वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए। अकील हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले समान एक विकेट लिए।

वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए। अकील हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोटीले समान एक विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस