• २०८३ बैशाख १५ गते मङ्गलवार

वार्म-अप खेलमा बंगलादेशविरुद्ध भारतको फराकिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौँ । टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो ।

भारतले दिएको १८३ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

भारत यस टी-२० विश्वकपमा समुह ए मा रहेको छ र आफ्नो पहिलो खेल आगामी बुधबार आयरल्याण्डसँग खेल्दै छ । त्यस्तै बंगलादेश भने समुह डी मा नेपालकै समुहमा रहेको छ । बंगलादेशले आफ्नो पहिलो खेल जुन ८ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस