• २०८३ बैशाख १७ गते बिहिवार

१० करोड भन्दा बढी रकम ठगी गर्ने स्टार ट्रेनिङ सेन्टरका संचालक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपियाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका-१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौ महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ शंखमूलबाट पक्राउ गरेको हो ।

लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस