• २०८३ बैशाख ९ गते बुधवार

प्रधानमन्त्री देउवा रुवाखाेला मतदान केन्द्रमा मतदान गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, डडेल्धुरा ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाकाे मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडाैं फर्कँदैछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस