• २०८३ जेष्ठ २९ गते शुक्रवार

घट्यो नेप्से, ४ अर्बको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १७, काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्से आज ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ४.५४ अंक, फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंकले घटेको छ।

कारोबार भने आज ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । तर, चिरख्वा हाइड्रोपावर, मृक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस