पौष १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छ्न् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

वैद्यलाई दमको समस्या रहेको बताइएको छ । आइतबार बिहान छाति समेत दुखेकाले उनलाई अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालमा उनको छाति एक्सरे गर्दा दाग समेत देखिएो अस्पतालले जनाएको छ।