• २०८३ जेष्ठ २१ गते बिहिवार

आईपीएल : चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । कप्तान ऋतुराज गायकवाडको अर्धशतकसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १६३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको हो।

चेन्नईका कप्तान ऋतुराजले सर्वाधिक ६२ रन बनाए। ४८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। अजिंक्य रहाणे २९, समीर रिजवी २१, मोइन अली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट हुँदा डेरिल मिचेल १ रनमा अविजित रहे।

Sharing

प्रतिक्रिया दिनुहोस