• २०८३ जेष्ठ २५ गते सोमवार

आईपीएल : मुम्बईले राजस्थानलाई दियो १२६ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, काठमाडौं । मुम्बईले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १२६ रनको लक्ष्य दिएको छ। वानखडे स्टेडियममा टि हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको हो।

ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरूले रनको खाता खोल्न सकेनन्। यस्तै, युजवेन्द्र चहलले पनि ३ विकेट लिए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे।

Sharing

प्रतिक्रिया दिनुहोस