• २०८३ बैशाख ७ गते सोमवार

अखिलको २३औं महाधिवेशनको आजबाट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्वियुको महाधिवेसन आजवाट सुरु हुने भएको छ । लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।

नि:शुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ । ‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिदै भनेकी छिन, ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन, जुन आयोगमा १५ जना सदस्य हुनेछन ।’ उनका अनुसार सहमतीयवाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

मंगलबार अपरान्ह १२:३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिईन् । अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस