भदौ १४, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टीतेलमा क्रमशः प्रति लिटर ४ र ३ रुपैयाँ बढेको छ ।

खाना पकाउने एलपी ग्यासमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति सिलिण्डर २३५ रुपैयाँले वृद्धि गरिएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
