• २०८३ असार १० गते बुधवार

सेनाको हवाई सेवालाई अझै विश्वस्नीय र सेवामुखी बनाउन उपप्रधान मन्त्री खड्काको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १५, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले, सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गरेका छन् । नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाईसेवा अन्तर्गतको मध्य एयरवेशको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरुभन्दा भिन्न रहेको बताएका हुन् ।

उहाँले यसको सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्न सकिन्छ त्यतातिर बढी ध्यान दिन पनि आग्रह गर्नुभयो । अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा पनि हवाई सेवा दिइरहेको भन्दै उहाँले सरकारले सधै उच्च मूल्याङकन गरिरहेको स्पष्ट पारे । उहाँले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक परिस्थितिमा होस वा विपद् तथा उद्दारका काममा रातदिन खटिएर काम गरेकोमा नेपाली जनताले सधै सम्मान गर्ने बताए ।

खड्काले भने, “तपाईंहरु एकातिर सैनिक र अर्को तिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ । तपाईंहरुको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।” नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधै तयार रहने उनको भनाई छ । “जहाज मर्मत गर्दा पनि धेरै लामो समय ग्राउण्डेड भएर बस्नु पर्ने अवस्था नहोस्, सबैकाम पारदर्शी रुपमा छिटो छरितो होस, त्यसका लागि नीतिगत रुपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैं तयार रहन्छ ।” उनले भने ।

उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका सवै जहाज तथा हेलिकोप्टरहरु २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस