• २०८२ असार २४ गते मङ्गलवार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालुवाटार पुगेका छन्।

उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। गृहमन्त्री पदबाट राजीनामा दिएपछि दोस्रो उनी बालुवाटार पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। लामिछानेले पुन: आफू गृहमन्त्री हुनुपर्ने माग राखेका छन् । तर, प्रचण्ड गृहमन्त्री आफैँसँग राख्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस