• २०८३ जेष्ठ ५ गते मङ्गलवार

लागू औषध नियन्त्रण र रोकथाम

गोबिन्द राज ओझा (राजन) पढ्न लाग्ने समय : १ मिनेट

लागू औषध घरपरिवार र समाजको लागि समस्या हो
युवा जनशक्ति किन लागू औषध दुर्व्यसनको खाडलमा छ फसेको ?

शिक्षा छरौँ समाजमा चेतनाको दियो बालौँ
लोभमा गैर कानुनी काम नगरौँ लागूपदार्थको ओसारपसार विरुद्ध आवाज भरौँ
लागूपदार्थको बेचबिखनले समाजलाई भित्रभित्रै खाँदै छ
लागू औषधको डरलाग्दो असर समाजमा पर्दै छ

किन फसे दुर्व्यसनमा यो गलत हो सबैलाई थाहा छ
लागू औषधले धन सम्पत्तिसँगै शरीरको नास पार्छ
बलियो कानुन बनाएर कारबाही गर्नुपर्छ
लागू औषध ओसारपसार रोक्न सबैले जिम्मेवार भएर लाग्नुपर्छ

लागू औषध ओसारपसार गर्नेले गिरफ्तारी र जेल सजाय भोग्नुपर्छ
समाजलाई लागू औषधका असरको बारेमा सबैलाई जानकारी दिनुपर्छ
पहल गर्नुपर्छ घर बस्तीबाट लागु पदार्थ सेवनबाट बचाउन पर्छ
यसको प्रयोग,ओसार पसार गर्दा के सजाई हुन्छ जानकारी दिनुपर्छ

पहल गर्नुपर्छ घर बस्तीबाट लागु पदार्थ सेवनबाट बचाउन पर्छ
नशाले अमूल्य जीवनको अन्त्य होइन सृजनशील कार्य गर्नुपर्छ
युवाको जोसलाई समाज रूपान्तरणको लागि उपयोग गर्नुपर्छ
सचेत भएर लागू औषध नियन्त्रण र रोकथाममा भूमिका खेल्नुपर्छ

लागू औषधको दुर्व्यसनबाट आफू बचेर अरूलाई पनि बचाउनुपर्छ
सचेत देशवासीहरूले लागु औषध मुक्त समाज स्थापनाको कार्यमा लाग्नुपर्छ
हरेक व्यक्तिको जीवनको अमूल्य उपलब्धि समाज र राष्ट्रले पाउनेछ
सचेत भएर लागू औषध नियन्त्रण र रोकथाममा भूमिका खेल्नुपर्छ

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Sharing

प्रतिक्रिया दिनुहोस