साउन १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली आइतबार बिहान साढे ९ बजे बालुवाटार पुगेर झण्डै डेढ घण्टा कुराकानी गरेका हुन् ।

ओलीको सचिवालयले, उनीहरुबीच लामो कुराकानी भएको पुष्टि गरेको छ । उनीहरुबीच कोशी प्रदेशको सरकार गठन र सुन प्रकरणबारे कुराकानी भएको बुझिएको छ ।