• २०८३ जेष्ठ १० गते आइतवार

अर्थमन्त्री महतले भने- रातो कितावमा भए पनि कतिपय योजना वक्तव्यमा छुटेका छन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याएका छन्।

उनले जानी जानी वक्तव्यमा नभनीएको नभइ रातो कितावमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताएका हुन्। गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उनले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस