• २०८३ बैशाख १९ गते शनिवार

एक हजारले घट्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले घट्दै एक हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस