• २०८३ बैशाख १६ गते बुधवार

कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने : कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, काठमाडौं ।  नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन्। पार्टी परित्यागको घोषणा गर्दै उनले नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।

‘अब कांग्रेस-कम्युनिष्टका असल मानिस, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।’ उनले भने ।

उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस