• २०८३ असार १२ गते शुक्रवार

“देशको विभिन्न पक्षमा परिवर्तन गर्ने युवा नै हुन भने: बेरोजगारीको अन्त्य गर्ने क्षमता युवामा नै हुनुपर्छ

नाम तनविर रेजा राइन पढ्न लाग्ने समय : २ मिनेट

विश्वको जुनसुकै राष्ट्रको आर्थिक विकासको कुरा होस् वा राजनैतिक संरचनाको परिमार्जन र परिवर्तन सबै युवाद्वारा नै गरिएका छन् । देशको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउने वा परिवर्तन गर्ने र साथै देशको मुहार फेर्न सक्ने क्षमता युवामा हुन्छ।

संसारमा सबै खोज र अनुसन्धानहरु युवाले नै गरेका छन। हाम्रो मुलुकमा सबै युवाहरूलाई रोजगार दिन नसक्ने भएको छ। तसर्थ युवाहरूलाई राज्यले नितिगत सहजीकरण गरेर यस विषयमा ढिलासुस्ती गर्नु हुँदैन। देशको महत्त्वपूर्ण र निर्णायक शक्ति भनेकै युवा शक्ति हो, तर आज महत्त्वपूर्ण शक्तिनै देशमा बढ्दो युवा बेरोजगारी को समस्याले विकराल रूपमा लिएको छ।

हाम्रो देशको ८०५ बेरोजगारी समस्यालाई अनुसन्धान युवाहरू बाट नै हुनेछन। अशिक्षित र बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैङ्क र वित्तीय सस्थाहरूमार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गर्दा युवाहरू स्वदेशमै प्रयाप्त मात्रामा रोजगारीका अवसरहरू पनि सृजना गर्ने सकिन्छ। युवाहरुले समाज विकासको सकारात्मक बाटो समाउनुपर्ने आवश्यकता छ । व्यक्तिबाट समाज, समाजबाट गाँउ बन्छ, गाँउ बनेमा जिल्ला बन्छ र जिल्ला बन्यो भने मात्र देश बन्न सक्छ त्यसैले देशको विकास गर्ने हो भने समाज विकासको क्रम देखि नै युवाहरुको सहभागीता गराउदै जानुपर्ने हुन्छ । समाजमा हुने विभिन्न खाले विकृतिहरु हटाउनका लागी युवाहरु नै अग्रसर हुनुपर्ने हुन्छ ।

नेपालको युवाहरूको जनसंख्या तुलना गर्दा १६ देखि ४० वर्ष उमेर समुहकालाई युवा मानिएको छ र यो सङ्ख्या भनेको देशको कुल जनसङ्ख्याको करिब ४०।३ प्रतिशत रहेको छ । अब देशमा बढ्दो बेरोजगारीको अन्त्यको लागी युवाहरूलाई उत्पादनमुखी काममा प्रयोग गर्न जरुरी छ । यस विषय अन्तर्गत नेपाल सरकारले पनि धेरै महत्त्वपूर्ण भुमिका दिन जरुरी छ । निःशुल्क रूपमा प्रदान गरिने ती सेवामूलक व्यावसायिक तालिमबाट बेरोजगार युवाहरूको आयआर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन मद्दत पुग्ने भएकोले अबको सरकारी तथा गैरसरकारि निकायको ध्यान स्वरोजगार तिर लम्किनु अपरिहार्य छ । बढ्दो वैदेशिक रोजगारीको आकर्षणलाइ कम गर्नको लागी देशमा उद्योगधन्दा,कलकारखानाको स्थापना गर्नुपर्दछ । कृषि,व्यापार व्यवसाय,प्रर्यटन आदि क्षेत्रमा देशभित्रै सम्भावना खोजिनुपर्दछ । र सम्भावनाहरुलाई अध्ययन अनुसन्धान गरी छिट्टै समृद्धिमा परिणत गर्नुपर्ने हुन्छ।

हाम्रो देशभित्र शान्ति सुरक्षा कायम गरी बाहिरी लगानीको आकर्षण बढाउनुको साथै स्वदेशि लगानीकर्ता लाई प्रोत्साहन गरिनु पर्दछ। समय अनुसार समाजलाई रूपान्तरण गर्दै सभ्य परिवर्तन संगै देश विकासको गतिलाई सार्थकता दिन हामी युवाहरुलाई सधै अगाडि आउन आवश्यक छ। जुन आजको आवश्यकता पनि हो ।

Sharing

प्रतिक्रिया दिनुहोस