• २०८३ बैशाख १० गते बिहिवार

बलात्कार कसुरमा ८ वर्ष कैद

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, धादिङ । ४५ वर्षीया एक महिला बलात्कार गरेको कसुरमा गजुरी गाउँपालिका- १ का आईमान सिंह तामाङलाई जिल्ला अदालत धादिङले ८ वर्षको कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको बिहीबार ईजलनसले कसुर कायम गर्दै ८ वर्षको कैद गरी ३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन फैसलामा उल्लेख छ । कसुरदार तामाङले महिलालाई ०७९ चैत १४ गते बलात्कार गरेको र सोही दिन इलाका प्रहरी कार्यालय गजुरीले गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते धादिङ अस्पतालमा भएको थियो ।

आरोपित विरुद्ध ०८० वैशाख १० गते जिल्ला अदालतमा मुद्दा दर्ता, भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस