कात्तिक १२, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
उनले हराइरहेका वीपीन जोशी सुरक्षित फर्किने विश्वास समेत व्यक्त गरे। ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु ।’उनले भने ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं : महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघको सहयोग मागेपछि अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनेगरी शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्ने बताएका हुन्।
उनले विश्व शान्तिस्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको उनको भनाइ छ।
